Logo
Logo

आज नेपाल र क्यानडाबीच वार्मअप म्याच


2.1k
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपालले पहिलो अफिसियल वार्मअप म्याचअन्तर्गत आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । विश्वकपअघि नेपालले क्यानडा र अमेरिकासँग दुई अफिसियल वार्मअप म्याच खेल्न लागेको हो ।

खेल डालासको ग्रान्ड प्रेरी स्टेडियममा नेपाली समयानुसार राति सवा ९ बजेबाट सुरु हुनेछ । नेपालले अमेरिकासँग मे ३० मा दोस्रो अफिसियल वार्मअप म्याच खेल्ने तालिका छ । अमेरिकासँगको खेलपछि नेपालले विश्वकपको यात्रा सुरु गर्नेछ ।

विश्वकप तयारीका लागि नेपाली टोली वैशाख अन्तिम साता अमेरिका पुगेको थियाे। जहाँ नेपालले विनवार्ड्स भोलक्यानोजविरुद्ध तीन खेलको सिरिज खेलेको थियो। जसमा नेपाल २–१ ले विजयी भएको थियो। त्यसपछि नेपालले ह्युस्टनमा ह्युस्टन हरिकेन्ससँग दुई अभ्यास खेल खेल्यो। दुवै अभ्यास खेलमा नेपाल विजयी भयो।

प्रतिक्रिया दिनुहोस्