Logo
Logo

खोलाले बगाउँदा दुई जना बेपत्ता


630
Shares

काठमाडौं । दार्चुलामा खोलाले बगाउँदा दुई जना बेपत्ता भएका छन् । जिल्लाको मार्मा गाउँपालिका मुरैस्थित गन्याड खोला तर्ने क्रममा आएको भेलले बगाउँदा दुई जना बेपत्ता भएका हुन् ।

इलाका प्रहरी कार्यालय लटिनाथ, दार्चुलाका अनुसार २५ वर्षकी झुपा टमटा र ६ वर्षका ऐन बिकलाई खोलाले बगाएको हो । खोलाले बगाएर बेपत्ता भएका उनीहरूको खोजी भइहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्