Logo
Logo

कैलाश सिरोहियालाई आज तेस्रो पटक अदालत लगिँदै


3.5k
Shares

काठमाडौं । प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज तेस्रो पटक म्याद थपका लागि अदालतमा उपस्थित गराइँदै छ । दोस्रो पटक गत शुक्रबार थप गरिएको तीन दिनको म्याद आज सकिने भएकाले तेस्रो पटक धनुषा जिल्ला अदालतमा पेश गर्न लागिएको हो ।

नागरिकता प्रकरणमा पक्राउ परेका उनलाई १० बजेपछि म्याद थपको लागि अदालत पेश गर्ने तयारी रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । नागरिकता दुरुपयोग सम्बन्धी कसुरमा रास्वपाका मधेश प्रदेश सदस्य इन्द्रजित प्रसाद महतोले दिएको जाहेरीको आधारमा पक्राउ परेका सिरोहिया एक सातादेखि धनुषा प्रहरीको हिरासतमा छन् ।

स्वास्थ्यमा समस्या आएको भन्दै उनलाई गत शुक्रबार जनकपुरको काव्या अस्पतालमा भर्ना गरिएको थियो । प्रहरीको निगरानीमा उनी अहिले सोही अस्पतालमा छन् ।

प्रतिक्रिया दिनुहोस्