Logo
Logo

बागमती सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै


441
Shares

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने भएको छ । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन् ।

प्रदेशसभामा यसअघि आन्तरिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकतामाथि छलफलपश्चात् पारित भएको थियो । आज प्रस्तुत गरिने नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा र रोजगारी प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको छ ।

प्रदेशको समग्र विकास तथा आर्थिक क्षेत्रको मेरुदण्डका रूपमा रहेको कृषि, पर्यटन, शिक्षा र रोजगारीलाई उच्च प्राथमिकतामा राखेर आउँदो आवको नीति तथा कार्यक्रम ल्याउन लागिएको वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए ।

सरकारले लगानीको मोडल तय गर्ने र लगानी बोर्ड निर्माण गरेर अघि बढ्ने तयारी रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्