Logo
Logo

टीओआरमा आज पनि सहमति जुटेन


1.7k
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणबारे छानबिन गर्न बनाइने संसदीय समितिको कार्यादेश टुंग्याउन बसेको कार्यदलसहित शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष सकिएको छ ।

बालुवाटार बैठकपछि सञ्चारकर्मीहरुसँग कांग्रेस सहमहामन्त्री जीवन परियारले सत्तारुढ दलका शीर्ष नेताहरूसँग छलफलमा कुरा नमिलेपछि टीओआरमा आज पनि सहमति जुट्न नसकेको जानकारी दिए ।

पार्टी पदाधिकारीसँग छलफल गरेर कांग्रेसले आधिकारिक धारणा ल्याउने उनको भनाई थियो । उनले भने, ‘टीओआरको विषयमा कुरा मिलेको छैन । थप छलफलका लागि हामी १ बजे बस्दैछौं । त्यहीबाट पार्टीको आधिकारिक धारणा ल्याउँछौँ ।’

उनले प्रधानमन्त्रीले समस्या समाधान गर्नको लागि पहल गरिरहेको भए पनि सत्तारुढ अन्य दलले भने यो समस्यालाई अल्झाइराख्न खोजेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्