Logo
Logo

ॐ हस्पिटलको सञ्चालक समिति अध्यक्षमा श्रेष्ठ सर्वसम्मत


1.4k
Shares

काठमाडौं । काठमाडौँको चाबहिलस्थित ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरको सञ्चालक समिति अध्यक्षमा आनन्द प्रसाद श्रेष्ठ चयन भएका छन् ।

शनिबार सम्पन्न २७ औँ वार्षिक साधारण सभाले नव निर्वाचित सञ्चालकहरू मध्येबाट वरिष्ठ रेडियोलोजिष्ट डा. श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

हस्पिटलका सञ्चालकहरूमा सरला रिजाल, डा. हरि किशोर श्रेष्ठ, डा. गिसुपनिख प्रसिको, डा. राजेश किशोर श्रेष्ठ, डा. रिता सिंह हमाल, शरदकान्त अधिकारी, हरि प्रसाद पाठक, विजय मल्ल, बाबु काजी कार्की, प्रा. डा. जागेश्वर शर्मा गौतम निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्