Logo
Logo

कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै


1.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा दिउँसो १ बजे बस्ने भएको हो । सहमहामन्त्री जीवन परियारले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्ने जानकारी दिए ।

सहकारी बचत ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न सदन र सडकबाट माग गर्दै आएको छ ।

सोमबार बिहान पनि बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ सहित सत्ता र प्रतिपक्षी दलका नेताहरूबीच छलफल भएको थियो तर, दुबै पक्ष आ–आफ्ना अडानबाट पछि नहट्दा बैठक निष्कर्षबिहीन भएको छ । सोही विषयमा आन्तरिक रूपमा छलफल गर्न कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएको हो ।

संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष तयार देखिए पनि रवि लामिछानेको नाम राख्ने कि नराख्ने भन्नेमा सत्ता र प्रतिपक्षीबीच कुरा मिल्न सकेको छैन । सहमहामन्त्री परियारले लामिछानेको नाम राखेर जानुपर्ने अडानमा पार्टी रहेको बताए । तर सत्ता पक्षका नेताहरूले भने व्यक्तिलाई केन्द्रित गरेर संसदीय छानबिन समिति गठन गर्न नहुने बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्