Logo
Logo

माधव नेपालद्वारा चीन भ्रमण रद्द


3.6k
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यसै साता हुन लागेको चीन भ्रमण रद्द गरेका छन् । अध्यक्ष नेपालको भ्रमण तयारी पुरा भएपनि अन्ततः चीन यात्रा नगर्ने भएका हुन् ।

आगामी विहीबारदेखि चीन सरकारको निम्तोमा सुचवान प्रान्तको राजधानी छेन्दुको भ्रमण गर्ने कार्यतालिका थियो । अध्यक्ष नेपालले भ्रमण गर्न नसक्ने भएपछि पार्टीका उपाध्यक्ष प्रमेशकुमार हमालको नेतृत्वमा सात सदस्यीय टोली बिहीबार छेन्दु पुग्नेछन् । हमाल नेतृत्वको टोलीले चारदिन चीन यात्रामा रहँदा छेन्दुमा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग भेटवार्ता र भ्रमण गर्नेछन् ।

त्यसअघि अध्यक्ष नेपालको नेतृत्वका टोली छेन्दु भ्रमण सकेर चीनको स्वसासित क्षेत्र तिब्बतको समेत भ्रमण तालिका तय हुँदै थियो । तर, अध्यक्ष नेपालको भ्रमण रद्द भएपछि हमाल नेतृत्वको टोली भने तिब्बत जाने छैन ।

यस पटकको चीन यात्रामा अध्यक्ष नेपालले सनातनीहरूको पवित्रस्थल कैलाश मानसरोवरको यात्रा गर्ने विषयमा चिनियाँ पक्षसँग छलफल भइरहेको थियो । अध्यक्ष नेपाल नआउने भएपछि तिब्बत यात्रा पनि पनि स्थगित भएको हो ।

प्रतिक्रिया दिनुहोस्