Logo
Logo

राष्ट्र बैङ्कले वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने 


315
Shares

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिय स्तरका वित्त कम्पनीहरूको मुद्दती निक्षेपमा लगानी राष्ट्र बैङ्कले गर्ने भएको हो ।  

राष्ट्र बैङ्कले बैंक तथा वित्तीय संस्थाहरूमा ३ सय ६६ दिनको मुद्दती निक्षेपमा लगानी गर्न लागेको छ । उक्त निक्षेपको अवधि २०८१ असार २ गतेदेखि सुरु हुनेछ भने २०८२ असार २ गते समाप्त हुनेछ ।  ‘क’ वर्गका वाणिज्य बैङ्कमा १० करोड ६२ लाख, ‘ख’ वर्गका विकास बैङ्कहरूमा १ करोड ९८ लाख र ‘ग’ वर्गका वित्त कम्पनीहरूमा ६६ लाख रुपैयाँ लगानी गरिनेछ ।

राष्ट्र बैङ्कका अनुसार मुद्दती निक्षेपमा लगानी हुने कुल १३ करोड २६ लाख रुपैयाँमध्ये ‘क’ वर्गका वाणिज्य बैङ्कमा १० करोड ६२ लाख, ‘ख’ वर्गका विकास बैङ्कहरूमा १ करोड ९८ लाख र ‘ग’ वर्गका वित्त कम्पनीहरूमा ६६ लाख रुपैयाँ लगानी गरिनेछ । उक्त लगानीका लागि राष्ट्र बैङ्कले बोलपत्र आह्वान गरेको छ ।

बोलपत्र पेस गर्दा बैंक तथा वित्तीय संस्थाहरूले आफूले लिन चाहेको रकम, उक्त रकममा दिन सक्ने ब्याजदर उल्लेख गर्नुपर्नेछ । बोलपत्र जेठ १६ गतेभित्र पेस गर्नुपर्ने राष्ट्र बैङ्कले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्