Logo
Logo

कृषिको विकास र खाद्य सुरक्षाका लागि इजरेलसंग चेम्बरको सहकार्य हुँदै


189
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इजरेल एसिया चेम्बर अफ कमर्सबिच आर्थिक तथा व्यापारिक सहकार्यको सम्झौता भएको छ । व्यापारिक सूचना तथा अनुभव आदान प्रदान, व्यावसायिक प्रतिनिधीबिच को भ्रमण सहजीकरण, कृषि विकास प्रवर्द्धन लगायत १० विषयमा सहकार्यको सम्झौता भएको हो । 

सम्झौता पत्रमा चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र र इजरेल एसिया चेम्बर अफ कमर्सका अध्यक्ष अनत  बर्सन्टेन रेचले हस्ताक्षर गरे ।

नेपाल इजरेल चेम्बरबिच भएको सम्झौता अनुसार आफ्ना सदस्यहरूको हित अनुकूल हुने गरी व्यापार तथा लगानी सम्बन्धी कानुन र नियमहरूको जानकारी उपलब्ध गराउने उल्लेख छ । यस्तै मैत्रीपूर्ण सम्बन्ध विस्तार एवं व्यापार सहरीकरणका लागि मध्यस्थता गर्ने सम्बन्धमा समेत सहकार्यको सम्झौता भएको छ । 

चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल चेम्बर र इजरेल चेम्बरबिच व्यापार एवं प्रर्दशनी, सूचना प्रविधिमा सहकार्य एवं व्यापर विस्तारका लागि सहकार्य गर्ने,।’

कृषिको विकास र खाद्य सुरक्षामा सहकार्यको विषयमा पनि सम्झौतामा उल्लेख छ  । सम्झौतामा भनिएको छ, ‘कृषिको विकास प्रवर्द्धन पारस्परिक हितलाई मान्यता दिएर खाद्य सुरक्षामा सहकार्य गरिनेछ, । ’

यस्तै नेपाल र इजरेलका  उद्योग एवं वाणिज्य क्षेत्रका प्रतिनिधिले एक अर्कोका देशमा गर्ने व्यावसायिक भ्रमण, लगानी अभिवृद्धि गर्ने विषयमा पनि  सहमति भएको छ । वैदेशिक व्यापार र औद्योगिक उत्पादन क्षेत्रमा भएका अध्ययन अनुसन्धानको आदानप्रदान गर्न दुवै देशका चेम्बरबिच सहमति भएको हो । 

प्रतिक्रिया दिनुहोस्