Logo
Logo

जीवन बिमा कम्पनीका अध्यक्ष महेश बरालले लिए शपथ


252
Shares

काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष महेश बराललाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

अध्यक्ष सिलवालले नेपाल बिमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष बराललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

त्यस अवसरमा नेपाल बिमा प्राधिकरणका निर्देशक दिनेशकुमार लाल र राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महेश रिमाल लगायत पदाधिकारीहरू उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्