Logo
Logo

सिरोहियालाई थप तीन दिन थुनामै राख्ने आदेश


441
Shares

धनुषा । नागरिकता कीर्ते मुद्दामा प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया समूहका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले पुनः थप तीन दिन थुनामा राख्न आदेश गरेको छ।

धनुषा अदालतको बेन्च नम्बर ७ का न्यायाधीश यदुराज शर्माको इजलासले यस्तो आदेश गरेको हो । सरकारी वकिल कार्यालय धनुषाले सिरोहियालाई थप पाँच दिन थुना राखी मुद्दा अनुसन्धान गर्ने समय मागेको थियो ।

गत मंगलबार काठमाडौंस्थित कान्तिपुरको केन्द्रीय कार्यालयबाट पक्राउ परेका सिरोहियालाई बुधबार अदालतमा हाजिर गराएको थियो ।

बुधबार र शुक्रबार गरी दुई पटक भएको पेशिमा ३ः३ दिनको म्याद थप गरेर थुनामा राख्न अनुमाति दिएको थियोे।गत शुक्रबार म्याद पश्चात सिरोहियाको मुटुको चालमा गडबडी र उच्चरक्त देखिएपछि जनकपुरको काव्या अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्