Logo
Logo

देउवाले बोलाए विपक्षी दलको बैठक


1.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरूको बैठक बोलाएका छन् ।

मंगलबार बिहान १० बजे बानेश्वरस्थित प्रमुख प्रतिपक्षी दलको कार्यकक्षमा बैठक बस्ने राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका उपनेता बुद्धिमान तामाङले जानकारी दिए ।

मंगलबार आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । सहकारी बचत अपचलन प्रकरणमा सत्ता र प्रतिपक्षको कुरा नमिल्दा सदनको गतिरोध अन्त्य हुन सकेको छैन । बजेटको दिन कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफलका लागि बैठक बस्न लागिएको तामाङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्