Logo
Logo

महालक्ष्मी विकास बैंकद्वारा उपमहानगर र आश्रमलाई सहयोग


126
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको नारायणगढ शाखाले तनहुँमा अवस्थित गलेश्वर आश्रमलाई तीन लाख रुपैयाँ सहयोग गरेको छ ।

आश्रमले नेपालीपन झल्कने प्यागोडा शैलीमा सिद्धेश्वर शिव मन्दिर निर्माण गरिसकेको तर, आर्थिक अभावका कारण मन्दिर प्रांगणमा नेपाली ढुंगा बिच्छाउने कार्य बाँकी रहेकाले सो कार्य सम्पन्न गर्नका लागि बैंकले उक्त सहयोग गरेको हो । बैंकको वाग्मती प्रदेश ‘ख’ प्रमुख शम्भुप्रसाद पराजुलीले गलेश्वर आश्रमलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

त्यस्तै, बैंकले धनगढी उपमहानगरपालिकाको नगर प्रमुख शैक्षिक सुधार कोषलाई नगद सहयोग गरेको छ । कोषलाई एक लाख ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् ।

बैंकको सुदूरपश्चिम प्रदेश प्रमुख सुनिलकुमार नेपालले उपमहानगरपालिका नगरप्रमुख गोपाल हमाललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्