Logo
Logo

कांग्रेस संसदीय दलको बैठक बस्दै


819
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने भएको हो ।

काँग्रेसले पछिल्लो समय सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय समिति गठन गर्न माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ । तर, छानबिनका लागि संसदीय समिति र त्यसको कार्यादेशबारे दलहरूबीच करिब सहमति भइसकेको सन्दर्भमा अबको रणनीतिबारे छलफल हुने दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । सरकारले आज बजेट प्रस्तुत गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्