Logo
Logo

विपक्षी दलहरूको बैठक बस्दै


1.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरूको बैठक आज बस्दै छ । बैठक बिहान १० बजे बानेश्वरस्थित प्रमुख प्रतिपक्षी दलको कार्यकक्षमा बस्ने भएको हो ।

जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । सहकारी बचत अपचलन प्रकरणमा सत्ता र प्रतिपक्षको कुरा नमिल्दा सदनको गतिरोध अन्त्य हुन सकेको छैन । बजेटको दिन (आज) कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफलका लागि बैठक बस्न लागिएको राप्रपा संसदीय दलका उपनेता बुद्धिमान तामाङले जानकारी दिए ।

सरकारले आज आर्थिक वर्ष २०८१÷०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै छ । यसका लागि संघीय संसदको संयुक्त बैठक दिउँसो १ बजे बस्दै छ ।

प्रतिक्रिया दिनुहोस्