Logo
Logo

विपक्षी दलको बैठक जारी


1.1k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितको विपक्षी दलहरुको बैठक जारी छ । संसद भवनस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बैठक बसिरहेको हो ।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी छन् ।

सरकारले आज बजेट ल्याउने तयारी गरेको सन्दर्भमा यसबारे समान धारणा बनाउन विपक्षी दलको बैठक बसेको हो । बजेट प्रस्तुत गर्न आज दिउसो एक बजे संयुक्त सदनको बैठक आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्