Logo
Logo

महिनावारीको बेला महिला ट्राफिक प्रहरीलाई चार दिन छुट्टी

मापसेलगायत ट्राफिक नियमको उल्लङ्घन गर्नेले स्वयंसेवकका रूपमा सघाउनुपर्ने


3k
Shares

काठमाडौं । अब महिनावारीको बेला महिला ट्राफिक प्रहरीले चार दिन छुट्टी पाउने भएका छन् । गृहमन्त्री रवि लामिछानेले सामाजिक सञ्जालमार्फत महिनावारी भएको समयमा महिला ट्राफिक प्रहरीहरुले ड्युटी गर्न नपर्ने व्यवस्था मिलाइएको जानकारी दिएका हुन् ।

महिला ट्राफिक प्रहरीको साटो मापसे गरी ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयंसेवकको रुपमा सडकमा सघाउने उनले बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा सानो प्रयास भन्दै लामिछानेले लेखेका छन्, ‘अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ ।’

प्रतिक्रिया दिनुहोस्