Logo
Logo

बजेट सार्वजनिक गर्ने समय सर्‍याे


0
Shares

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न बोलाइएको संघीय संसद्को संयुक्त बैठकको समय सरेको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएका हो ।

संसद् सचिवालयले सरकारको अनुरोधमा बजेट प्रस्तुत गर्न बोलाइएको संयुक्त बैठक सारिएको जनाएको छ । ‘सरकारको अनुरोधमा संयुक्त सदनको बैठक दुई घण्टापछि (दिउँसो ३ बजे) का लागि सारिएको छ,’ संसद् सचिवालयले भनेको छ।

आजको बैठकमा अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछन् । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनका लागि सहमति जुटाउनका लागि बैठकको समय सारिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्