Logo
Logo

बराह बाहिनीमा सयभन्दा बढी बिदामा


8.7k
Shares

काठमाडौं । आफूलाई भाबी आइजिपी भन्दै मातहतमा आतंक मच्चाएका डिआइजी अन्जनीकुमार पोखरेलले गरेको बदमासी बाहिर आउने क्रम जारी छ । आफू मातहत गणले मासिक नबुझाएपछि राती राती दुख दिन पुग्ने डिआइजी शम्भु सुबेदीलाई बाहिनी बुझाउने बेला डिआइजी पोखरेलले बाहिनिबाट १ सय ९ जना बिदामा रहेको हाजिर दिएका थिए । पहाडी गुल्मबाट कर्मचारी तानेर बाहिनी थुपारेका पोखरेलका कारण अहिले पूर्वी पहाडका गुल्म बेश जस्ता भएका छन् । गुल्ममा ५०/५५ जना जनशक्ति पनि छैनन् ।

पूर्वी पहाडमा जनशक्ति कमजोर भएको भन्दै आइजीपी अर्याललाई रिपोटिङ भैरहेको छ । पोखरेलकै कारण पूर्वी पहाडमा सशस्त्रको जनशक्ति कमजोर बनेको हो । पोखरेलले अघिल्लो हप्ता मात्रै सानो गौचरणस्थित स्टाफ कलेजको चार्ज बुझेका छन् ।

सशस्त्र प्रहरीको प्रधान कार्यालयले सिमा इलाकामा जतिसुकै कडाइ गर्ने भनिए पनि अझै तस्करी कायम छ । सोर्स फोर्स लगाएर डिएसपी सुनिल गिरी महोत्तरीको रघुनाथपुर बिओपी पुगेका छ्न् । उनी त्यहीँ गएपछि तस्करी धन्दा शुरु भएको छ ।

त्यतिमात्र होइन, अहिले काकडभिट्टा, मोरङको रानी, सुनसरीको हरिपुरलगायतका नाकाबाट तस्करी मौलाएको छ । सुनसरीमा एसपी समेनन्द बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयले सचेतसमेत गराइसकेको छ ।

इता, रौतहटका एसपी विक्रम हुमागाईंको तस्करी धन्दा पनि अनौठो छ । रातको १२ बजेपछि बिहान ३ बजेसम्म तस्करी खुल्ला हुने श्रोतको दाबी छ । तर, अनुगमन शाखाका डिएसपी सुदिप रेग्मी त्यसलाई नदेखे जस्तो गर्छ्न् । रेग्मीलाई रौतहट गुल्मले लाइन मिलाएको मुख्यालयमा चर्चा छ ।

यता, पर्साको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज र अलौनाकाबाट तस्करी जारी छ । जसका कारण पर्साका एसपी किशन कर्मचार्य मुख्यालय तानिए ।

उनको स्थानमा भक्तपुरका राधेश्याम धिमाल गएका छन् । तत्कालीन गृहसचिव महेश्वर न्यौपानेको निकट र पुष्पराम केसीनिकट रहेका धिमाललाई पठाउन आइजीपीलाई दबाब सिर्जना गरिएको स्रोतको दाबी छ ।

ललितपुरको राजस्व बिभागमा रहेका डिएसपी प्रदिप राइको नियमति सरुवा भएको छ । उनलाई पनि राजश्व विभागका तत्कालीन महानिर्देशक नवराज ढुंगानासँगको मिलेमतोमा आर्थिक अनुशासन कायम गर्न नसकेको आरोप लागेको छ । उनको ठाउंमा अनुशासनहिन डिएसपी योगेश बराललाई जिम्मेवारी दिइएको छ ।

सशस्त्रका तत्कालीन एआइजी हाल राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठको स्टाफ बसेर मातहतलाई आतंकित पारेका बराल एआइजी सीपी गौतमको जोडबलमा त्यहाँ पुगेका हुन् । उनलाई त्यहाँ लैजान गौतमका पिए डिएसपी संजय अधिकारीले भूमिका खेलेका थिए । बराल र अधिकारी एउटै ब्याजी हुन् ।

प्रतिक्रिया दिनुहोस्