Logo
Logo

कार्यदलले प्रधानमन्त्रीलाई बुझायो ४ बुँदे टीओआर


1.6k
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणबारे छानबिन गर्ने संसदीय समितिको ४ बुँदे कार्यादेश (टीओआर) टुंगो लागेको छ ।
आज मंगलबार दिउँसो बसेको कार्यदलको बैठकले संसदीय समितिको ४ बुँदे टीओआर टुंगो लगाएको हो । कार्यदलले उक्त टीओआर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संसदीय छानबिन समितिले समग्र सहकारीको संरचनात्मक समस्या, समस्याग्रस्त सहकारीहरुको अध्ययन, गोर्खा मिडिया नेटवर्कमा पैसा ल्याउने सहकारीहरुको छानबिन गर्ने र सहकारीको पैसा ल्याउनुमा गोर्खा मिडियाका पदाधिकारीहरुको भूमिकाको अध्ययन गर्ने जस्ता विषय कार्यादेशमा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्