Logo
Logo

ई-स्पोर्टसको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने सरकारको घोषणा 


189
Shares

काठमाडौं । सरकारले आगामी वर्ष ई-स्पोर्टसको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने भएको छ । 

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन सो जानकारी दिएका हुन् । उनले भने, ‘आधुनिक प्रविधिसँग जोडिएको ई-स्पोर्टसको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिने छ ।’

उनले  सबैको लागि खेलकुदको अवसर सिर्जना र  खेल क्षेत्रमा महिलाको सहभागिता बढाइने पनि जानकारी दिए ।त्यस्तै खेलकुदको आधारभूत तालिम बिस्तार गरिने छ । 

ओलम्पिक र एसियाली खेलकुद प्रतियोगितामा सहभागिताको लागि राष्ट्रिय टिम तयार गर्ने र खेलकुद प्रतियोगिता उत्कृष्ट हुनेहरूलाई प्रोत्साहन दिने पनि अर्थमन्त्री पुनले जानकारी दिए । 

आगामी वर्ष ८० खेलकुद प्रतियोगिता आयोजना गरिनेछ । नेपालको मौलिक खेलहरू बाघचाल, डण्डीबियो र घोडचरीजस्ता खेललाई प्रवर्द्धन गरिने छ । 

प्रतिक्रिया दिनुहोस्