Logo
Logo

कैलाश सिरोहियालाई धनुषाबाट हेलिकोप्टरमा मेडिसिटी ल्याइयो


441
Shares

काठमाडौं । नागरिकता किर्ते अभियोगमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौँ ल्याइएको छ।

स्वास्थ्य अवस्था खस्किँदै गएपछि उनलाई मंगलबार दिउँसो धनुषाबाट सिम्रिक एयरको हेलिकोप्टरबाट ललितपुरको मेडिसिटी अस्पताल ल्याइएको हो ।

उनलाई हेलिकोप्टरबाट सिधै अस्पताल पुर्याइएको छ । सिरोहिया जेठ ८ देखि प्रहरी नियन्त्रणमा छन् । उनलाई पक्राउ गर्दा प्रहरीले काठमाडौँबाट जनकपुरसम्म गाडीमै लगेको थियो । सिरोहिया विगत ५ दिनदेखि अस्पतालमा छन् ।

उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि गत शुक्रबार साँझ सुरुमा जनकपुर प्रादेशिक अस्पताल लगिएका उनलाई थप उपचारका लागि जनकपुरमै रहेको काव्या अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्