Logo
Logo

आज दुई संसदीय समितिको बैठक बस्दै


882
Shares

काठमाडौं । संघीय संसदअनगर्त आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।

संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्ने छ । बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान ११ बजे नै बस्नेछ । बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्