Logo
Logo

हिजोदेखि अवरुद्ध नारायणगढ-बुटवल सडकखण्ड दुईतर्फी सञ्चालन


1.1k
Shares

काठमाडौं । दुई दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ ।नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–९ थुम्सीमा पुलको पहुँच मार्ग भासिएर अवरुद्ध भएको सडक मंगलबार दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको थियो।

अवरुद्ध दाउन्नेखण्ड आज बिहानदेखि सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक हस्तबहादुर सुनारले जानकारी दिए । सडक दुईतर्फी सञ्चालनमा आएसँगै यातायातका साधन सहज रुपमा सञ्चालन भइरहेको उनले बताए ।

दाउन्ने डाँडाँमा लेदो माटोका कारण सडक अवरुद्ध भएको थियो । विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्डमा पानी परेपछि यात्रुले सधैँ सास्ती खेप्दै आएका छन् । यही स्थानमा गत वर्ष पनि डाइभर्सन बगाउँदा दुई दिनसम्म सडक अवरुद्ध भएको थियो। समयमै सडक विस्तार नगरिँदा यात्रुले बर्सेनि दुःख पाउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्