Logo
Logo

कोशी सरकारविरुद्धको रिट न्यायाधीशद्वय शर्मा र सुवेदीको इजलासमा


882
Shares

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको रिट सर्वोच्चका न्यायाधीशद्धय मनोज शर्मा र सारंगा सुवेदीको इजलासमा परेको छ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको नियुक्तिमाथि प्रश्न उठाउँदै दायर गरेको रिट न्यायाधीशद्वय शर्मा र सुवेदीको संयुक्त इजलासमा परेको हो ।

संविधानको धारा १६८को उपधारा ५ अनुसार मुख्यमन्त्री भएका कार्कीले आफूलाई हटाउने मुख्यमन्त्रीको कदम असंवैधानिक भएको जिकिर गरेका छन् । उक्त धारा सरकार बनाउने अन्तिम उपधारा भएको र आफूले यसअघि नै विश्वासको मत लिएकाले हटाउने निर्णय असंवैधानिक भएको जिकिर उनले गरेका छन् ।

कोशीको विवादमा सर्वोच्चले आज बहसको सुरुवात मात्र गर्ने सम्भावना रहेको छ। मुख्यमन्त्री कार्की र रिट निवेदक कार्कीका तर्फबाट बहस गर्ने कानुन व्यवसायी धेरै भएका कारण सो रिट हेर्दाहेर्दैमा रहने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्