Logo
Logo

आशा जगाउने खालको बजेट आएको छ : अर्थमन्त्री


630
Shares

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट आशा जगाउने खालको भएको बताएका छन् । बुधबार पोस्ट बजेट अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री पुनले वर्तमान आर्थिक शिथिलताको अवस्थामा आशा जगाउने खालको बजेट आएको बताएका हुन् ।

अर्थमन्त्री पुनले भने, ‘बजेट सार्वजनिक हुनु अगाडि विभिन्न कारण दबाबमा थियौं, आज रिल्याक्स मुडमा छौं । प्रतिक्रिया पनि सन्तुलित नै आएको छ, जसले गर्दा हामी खुसी छौँ । सरोकारवालासँग संवाद गरेर सकेसम्म सकारात्मक दृष्टिले काम गर्छौं भनेका थियौं । हतपतमा केही मान्छेको कुरा सुनेर करका दर बनाएका छौं । केही इरर हुन सक्छ । आजका दिनमा हामी आँखा जुधाएर कुरा गर्न सक्ने अवस्थामा छौं ।’

सरकारका तर्फबाट सक्नेजति राम्रो गर्ने प्रयास गरेको बताउँदै चालु आवको प्रक्षेपण नमिलेको अवस्थामा वस्तुपरक बनाउने प्रयास यसपटक भएको उनको भनाइ छ ।

बजेटले आम जनतामा आशा जगाउने प्रयास गरिएको बताउँदै उनले भने, ‘देशभित्रै अवसरको खोजी गर्ने, युवाको निराशा हटाउने प्रयास गरेका छौं । अर्थतन्त्रको संरचनामा सुधार ल्याउने कोसिस गरेका छौं,’ उनले भने, ‘हाम्रो कोसिस नयाँ चरणको सुधारको प्रयास हो । हाम्रो भौगोलिक स्थिति सुहाउँदो अर्थतन्त्र बनाउने प्रयत्न यसपटक गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्