Logo
Logo

सुरेन्द्रराज पाण्डे गण्डकीको मुख्यमन्त्रीमा नियुक्त


441
Shares

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । बुधबार भट्टले पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

जेठ १४ गते सर्वोच्च अदालतमा न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले तत्कालिन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक भनेको थियो । अदालतले अधिकारी पदमुक्त हुने फैसला गर्दै कांग्रेस नेता पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई आदेश दिएको थियो ।

केन्द्रीय सत्ता समीकरण बदलिएसँगै अल्पमतमा परेका सुरेन्द्रराजले त्यो बेलै ठूलो दलको नेताको हैसियतमा फेरि मुख्यमन्त्री हुने रणनीतिसहित चैत २१ गते राजीनामा दिएका थिए । प्रदेश प्रमुखले चैत २५ गतेसम्मका लागि बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।

\संविधानको धारा १६८ (२) बमोजिम बहुमतको सरकारका लागि सभामुख कृष्ण धितालको मतलाईसमेत गणना गरेर एमाले संसदीय दलका नेता खगराज अधिकारीले गत चैत २५ गते दाबी पेश गरेका खगराजलाई प्रदेश प्रमुख भट्टले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

एमालेका २२, माओवादीका सभामुखसहित ८ र राजीव गुरुङ (दीपक मनाङे)सहित ३१ ज्ना पुर्याएपछि सुरेन्द्रराजले सर्वोच्चमा मुद्धा हालेका थिए ।

सत्ताको जोगाउने रणीतिकै साथ गत चैत ५ गते मनाङेलाई भौतिक पूर्वाधार मन्त्री बनाएका थिए । उनी पछि फेरि खगराज सरकारलाई साथ दिँदै भौतिक मन्त्रालयमै दोहोरिएका थिए । तिनै मनाङे फेरि पनि सरकारमा सहभागी हुने पाण्डेको भनाइ छ ।

माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेर विश्वासको मत दिने चर्चा चलिरहेको छ । संविधानको धारा १६८ (३) बमोजिम विश्वासको मत प्राप्त गर्न नसके फ्लोर क्रस गर्दा पनि कारबाही नहुने भएकाले उपधारा ५ बमोजिम विश्वासको मत प्राप्त गर्ने सांसदहरुको दाबी छ । तर, पाण्डेले पनि उपधारा ३ बमोजिम नै विश्वासको मत प्राप्त गर्ने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्