Logo
Logo

कोशी प्रदेशको रिटको सुनुवाइ हेर्न नभ्याइनेमा


567
Shares

काठमाडौं । कोशी प्रदेश सरकार गठनबारे रिटको सुनुवाइ हेर्न नभ्याइने सूचीमा राखिएको छ । कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले हालेको रिटमा बुधबार पेशी तोकिएको थियो । बुधबार न्यायाधीश मनोजकुमार शर्मा र सारंगा सुवेदीको इजलासमा परेको थियो । अहिले उक्त पेशी हेर्न नभ्याइनेमा राखिएको छ ।

अदालतको अवहेलना सम्बन्धी सिधाकुरा डटकमविरूद्धको मुद्दामा सुनुवाइ भइरहेको हुँदा अन्य सबै पेशीलाई हेर्न नभ्याइनेमा राखिएको हो । यसअघि जेठ ९ गते सर्वोच्च अदालतका न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना र बालकृष्ण ढकालको इजलासले मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदाको कागजात झिकाउन आदेश दिएका थिए ।

नेकपा (एमाले)का प्रदेश सांसद कार्की गत वैशाख २७ गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए । उनले वैशाख ३१ गते विश्वासको मत प्राप्त गरेका थिए ।

कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै निवर्तमान मुख्यमन्त्री केदारले सर्वोच्चमा वैशाख २७ गते रिट दिएका थिए । उनले सरकार गठन नै असंवैधानिक भएको दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्