Logo
Logo

गण्डकीका नवनियुक्त मुख्यमन्त्री र दुई मन्त्रीले लिए शपथ


441
Shares

पोखरा । गण्डकी प्रदेशका नव नियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले आज दोस्रो पटक मुख्यमन्त्री बनेका पाण्डेलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ (३) अनुसार बुधबार मुख्यमन्त्री नियुक्त भएका पाण्डेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथग्रहण गराएका हुन् ।

यस्तै, मुख्यमन्त्री पाण्डेले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् । पाण्डेको मन्त्रिपरिषद्मा विन्दुकुमार थापा र टकराज गुरुङ मन्त्री बनेका छन् । कास्कीका थापाले सामाजिक विकास, उर्जा, जलस्रोत मन्त्रालय र लमजुङका गुरुङले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्