Logo
Logo

अत्यधिक गर्मी बढेपछि जनकपुरमा पाँच दिन विद्यालय बन्द


189
Shares

जनकपुरधाम । अत्यधिक गर्मी बढेपछि विद्यार्थीमा विभिन्न प्रकारका स्वास्थ्य समस्या देखा परेपछि जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र पर्ने विद्यालय पाँच दिनका लागि बन्द गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले बुधवार सूचना जारी गर्दै जेठ १७ गते बिहीवारदेखि २१ सोमवारसम्मका लागि ५ दिन वर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको छ ।

उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहीलाल यादवले दिनदिनै बढिरहेको अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मद्देनजर गर्दै पाँच दिन नगरभित्रका सबै विद्यालयमा बिदा दिइएको जानकारी दिए ।

विगत केही दिनदेखि तराई मधेशका जिल्लामा दिउँसोको तापक्रम ४३ डिग्रीसम्म पुगेर लू चलेको छ । चर्को घामसँगै तातो हावा चलेपछि जनजीवन नराम्ररी प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्