Logo
Logo

भीमफेदीमा कार दुर्घटनाः २ जनाको मृत्यु, तीन घाइते


567
Shares

काठमाडौं । मकवानपुरको भीमफेदीस्थित जुरीखेतमा कार दुर्घटना हुँदा एक बालिकासहित २ जनाको मृत्यु भएको छ ।

अन्य ३ जना घाइते भएका छन् । भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको बा ६ च ९३७९ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

कार सडकबाट करिब २५० मिटर तल खस्दा एक बालिका र एक पुरुषको मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले थाहाखबरलाई जानकारी दिए ।

उनका अनुसार मृतक र घाइतेको परिचय खुलिसकेको छैन । घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्