Logo
Logo

विशेष अदालतले विकल पौडेललाई थुनामा पठायो


441
Shares

काठमाडौं । विशेष अदालतले विकल पौडेललाई थुनामा पठाउने आदेश दिएको छ ।

बुधबार विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारिबाबु श्रेष्ठको इजलासले पौडेललाई थुनामा पठाउने आदेश दिएको हो ।

जेठ ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा यसअघि पनि दोषी ठहर भएका थिए ।

प्रतिक्रिया दिनुहोस्