काठमाडौं । गृह मन्त्रालयले एकैपटक २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारी ९सीडीओ०को सरुवा गरेको छ ।
विभिन्न मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाहरूको पदस्थापन र मन्त्रालय र अन्तरगतका निकायमा विभिन्न जिम्मेवारीमा रहेको १६ जना सीडीओहरुको जिम्मेवारी हेरफेर भएको हो ।

गृहमन्त्री रबि लामिछानेको निर्णय अनुसार १६ जिल्लामा नयाँ सीडीओ खटाइएको छ । कास्कीमा भरतमणि पाण्डे, चितवनमा इन्द्रदेव यादव र मकवानपुरमा तीर्थराज चिलवाल सीडीओ बनेका छन् ।
को-कहाँ पुगे ?
















