Logo
Logo

तीन डीआईजीको सरुवा


5k
Shares

काठमाडौं । नेपाल प्रहरीका तीन नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट बुधबार डीआईजीहरूको सरुवा भएको हो ।

रामदत्त जोशी, लालमणि आचार्य र अर्जुनचन्द ठकुरीलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रधान कार्यालय विशेष ब्यूरो नक्सालमा रहेका जोशीलाई प्रधान कार्यालयमै रहेको प्रदेश समन्वय विभिाग नक्सालमा सरुवा गरिएको छ । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा काजमा खटाउने पनि भनिएको छ ।

त्यस्तै आचार्यलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट साइबर ब्यूरो भोटाहिटीमा तानिएको छ । उनलाई नेपाल प्रहरी शिक्षालय भरतपुरमा काजमा खटाइएको छ । अर्जुन चन्द ठकुरीको साइबर ब्यूरोबाट कर्णाली प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्