Logo
Logo

विष्णुमायाको हत्या आरोपमा दुई जना पक्राउ


1k
Shares

काठमाडौं । झापाको बिर्तामोड नगरपालिका–४ कालिका नगरका ६८ वर्षीया विष्णुमाया विष्टको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । बिस्टको हत्या भएको २० दिनपछि घटनामा संलग्न भएको आरोपमा प्रहरीले बिर्तामोडका गङ्गा राजवंशी र महेश राजवंशीलाई पक्राउ गरेको हो ।

प्रहरीले आजै दिउँसो पत्रकार सम्मेलन गरेर घटनाबारे विस्तृत जानकारी दिने तयारी गरेको छ । वैशाख २६ गते झापाको बिर्तामोड नगरपालिका–४ स्थित कालिका नगरमा मध्यरातमा आफ्नै घरभित्रै विष्णुमाया विष्टको हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्