सुर्खेत । सुर्खेतबाट कालिकोट जाँदै गरेको जिप सुर्खेतको रातानाङ्गला नजिकै दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । सुर्खेत–दैलेख खण्डको वीरेन्द्रनगर–१४ टाकुरी मोडमा बोलेरो जिप दुर्घटना भइ मृत्यु हुनेमा ३ जना कालिकोट शुभकालिका–३ का रहेका छन् भने एकजना दैलेख भैरवि गापा–४ का रहेका प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा कालिकोट शुभकालिका–३ का तन्त बिक, नमराज बिक र बिरेन्द्र बिक रहेका छन्। त्यस्तै भैरवि गापा–४ का महेन्द्र शाही रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
त्यस्तै, दुर्घटनामा घाइते भएका कालिकोट शुभकालिका–३ का नरि बिक र कालिकोट खाडाचक्र नपा–९ पाखाका नरेन्द्र बिष्ट (चालक) रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी डिएसपी बिरेन्द्रबिर बिश्वकर्माले बताए । घाइतेहरुको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । प्रहरीका अनुसार जीप बिहीबार बिहान २ बजे दुर्घटना भएको थियो ।














