
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटको मार्गनिर्देशन हुबहु कार्यान्वयन गरिएमात्रै व्यवसायीको मनोबल उच्च हुने बताएका छन् ।
बिहीबार काठमाडौंमा आर्थिक पत्रकार संले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रले चाहेको आर्थिक सुधारको कुरा बजेटमा समावेशह भएको र यो हुबहु कार्यान्वयन गरिएमात्रै व्यवसायीको मनोबल उच्च हुने बताएका हुन् ।
उनले भने, ‘दोस्रो चरणको आर्थिक सुधारको कुरा निजी क्षेत्रले चाहेको थियो, बजेटले सम्बोधन ग¥यो । बजेटले हरेक क्षेत्रमा निजी क्षेत्रलाई समावेश गर्ने भनेको छ, यो स्वागतयोग्य छ । सरकारले कार्यान्वयन गर्नुपर्छ । लगानी कम्पनीको अवधारणा निजी क्षेत्रले उठाएको थियो, बजेटमा समावेश भयो, यो खुसीको कुरा हो ।’
बजेटको कार्यान्वयन चुनौतीपूर्ण हुने र यसतर्फ सबैले ध्यान दिनुपर्ने भन्दै उनले बजेटले निजी क्षेत्रको मागलाई समेट्दै अगाडि बढ्ने विषय राम्रो भएको बताए ।
बजेटमा ससाना छरिएर रहेका पुँजीलाई लगानीमा परिणत गर्नेलगायत कार्यक्रम निजी क्षेत्रको सुझावानुसार नै प्राथमिकतामा परेको अध्यक्ष ढकालले सुनाए । पुराना बजेटका कतिपय कार्यक्रम र नीतिलाई नयाँमा नसमेटिनु दुःखद पक्ष भएको उनको भनाइ छ ।














