Logo
Logo

माधव नेपालले दोहोरो चरित्र देखाए : मन्त्री भण्डारी


1k
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको दोहोरो चरित्रका कारण सुदूरपश्चिममा एमाले सरकारमा सहभागी हुन नसकेको बताएका छन् ।

बिहीबार धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै उनले माधव नेपालले सत्तामा रहेर कांग्रेल लगायतका प्रतिपक्षीसँग पनि छलफल चलाइरहेको भन्दै यस्तो भूमिकाले स्वयंलाई क्षति हुने बताए ।

मन्त्री भण्डारीले भने, ‘त्यो प्रवृत्ति लामो समयसम्म रहँदैन । छिटै त्यसको निरूपण हुन्छ । त्यही कारणले सुदूरपश्चिम सरकारले पूर्णता पाउन सकेको छैन ।’

सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री छन् । सोडारीको नेतृत्वमा सरकार गठन भएको एक महिना वितिसक्दा पनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन् । एमालेले अझै पनि सरकारमा जाने निर्णय गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्