Logo
Logo

संवैधानिक परिषदसम्बन्धी विधेयक राज्य व्यवस्था समितिबाट पारित


315
Shares

काठमाडौं । संवैधानिक परिषद (काम,कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन,२०६६ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत पारित भएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले यो विधेयक सर्वसम्मत पारित गरेको हो ।

यसअघि संवैधानिक परिषद्ले कुनैपनि निर्णय गर्नुपर्दा कसरी गर्ने भन्नेमा विवाद रहँदै आएको थियो । विधेयकको दफा नौ मा बैठकमा अध्यक्ष (प्रधानमन्त्री) र तत्काल बहाल रहेका ५० प्रतिशत सदस्य उपस्थित भएमा परिषद्को बैठकका लागि गणपुरक मानिनेछ भन्ने उल्लेख छ ।

बैठकले परिषद्मा कुनै विषयमा सर्वसम्मत हुन नसके अध्यक्ष र तत्काल बहाल रहेका कम्तिमा ५० प्रतिशत सदस्यको बहुमतबाट निर्णय गरिने व्यवस्था पनि उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्