Logo
Logo

लिबियामा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली


2.1k
Shares

काठमाडौं । लिबियामा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ । संयुक्त राष्ट्र संघको आह्वानमा लिबियामा तैनाथ श्री स्पेसल गार्ड युनिट (शान्ति सेना)को पाँचौँ डफ्फालाई बदली गरिएको हो ।

पाँचौँ डफ्फाको ठाउँमा श्री भगवती प्रसाद गुल्म (स्पेशल गार्ड युनिट)को छैटौँ डफ्फालाई पठाइएको सैनिक मुख्यालय जंगीअड्डाले जनाएको छ । सेनानी रमेशकुमार बञ्जराको नेतृत्वमा ५७ जनाको टोली लिविया प्रस्थान गरेको छ ।

यसैगरी उक्त मिसनमा तैनाथ पाँचौँ डफ्फाका ५८ जना शान्ति सैनिकहरु प्रमुख सेनानी भाईकाजी थापाको कमाण्डमा बुधबार स्वदेश फिर्ता भएका छन् । हाल उक्त मिसनमा नेपाली सेनाका २३४ जना शान्ति सैनिकहरु कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्