Logo
Logo

एकीकृत समाजवादी वर्तमान सत्तासमिकरणकै पक्षमा छ : प्रधानमन्त्री


378
Shares

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादी वर्तमान सत्तासमिकरणमै रहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा बिहीबारसञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग आज बिहान कुराकानी भएको भन्दै उनी वर्तमान सत्तासमिकरणकै पक्षमा रहेको स्पष्ट पारेका हुन् ।

फरक प्रसंगमा प्रधानमन्त्री प्रचण्डले सरकारले यही जेठ १५ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमा विराटनगरमा चक्रपथ निर्माण, चिकित्साशास्त्र कलेज सञ्चालनलगायत कार्यक्रमसहित कोशी प्रदेशको मागलाई सम्बोधन गरिएको बताए । बजेटमा उत्पादन, उपादकत्व र रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको प्रधानमन्त्रीको थियो ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले मधेश प्रदेशमा वर्तमान समिकरणभन्दा बाहिर गएर सरकार निर्माण नहुने धारणा दावी गरे । उनले भने, ‘वर्तमान समिकरण अनुसार नै मधेश प्रदेशमा सरकार निर्माण हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्