Logo
Logo

भीमफेदी कार दुर्घटना अपडेटः कार चालकको पनि मृत्यु


126
Shares

मकवानपुर । मकवानपुरको भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ जुरिखेतमा बुधबार भएको कार दुर्घटनामा चालकको पनि मृत्यु भएको छ । योसँगै उक्त दुर्घटनमा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार दुर्घटनामा घाइते भएका कार चालक काठमाडौँको चन्द्रगिरि नगरपालिका–१ दहचोकका ६१ वर्षीय सानु परियारको मृत्यु भएको छ ।

यसअघि सो दुर्घटनामा परी बुधबार मकवानपुरको मनहरी गाउँपालिका–८ बेलुवाका २५ वर्षीय अर्जुन नेपाली र उनका तीन महिनाकी छोरी अजिताको मृत्यु भएको थियो ।

उक्त दुर्घटनामा परी दुईजना घाइते भएका प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो । घाइते मनहरी गाउँपालिका–८ बेलुवाकी २३ वर्षीया सरिता परियार र चितवनको राप्ती नगरपालिका–१ लोथरकी ३५ वर्षीया सानोकान्छी तामाङको मकवानपुरको सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा६च ९३७९ नम्बरको कार बुधबार राति सडकमा अनियन्त्रित भई सडकबाट दुई सय ५० मिटर तल खोल्सामा खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्