Logo
Logo

अमेरिकाद्वारा सन्दीपलाई भिसा दिन फेरि अस्वीकार


2.1k
Shares

काठमाडौं । टी-२० विश्वकप खेल्न जान क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाले फेरि अस्वीकार गरेको छ ।

दूतावासले बिहीबार अपराह्न लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको थियो । अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका लामिछानेको भिसा फेरि रिजेक्ट भएको हो ।

बलात्कार मुद्दामा हालै उच्च अदालतबाट सफाइ पाएसँगै सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टिमबाट खेल्न अमेरिका पठाउने प्रक्रिया अघि बढाएको थियो ।

टी-२० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन अस्वीकार यसअघि पनि भएको थियो । त्यसपछि नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए ।

लामिछानेका समर्थकहरुले उनी पनि खेलमा सहभागी बन्न पाउनुपर्ने भन्दै केही दिनयता नाराजुलुस गर्दै आएका छन् ।

बुधबार राप्रपा सांसद ज्ञानेन्द्र शाही, अभियन्ता निकोलस भुसाल लगायतले लामिछानेको भिसाका लागि माइतीघरमा भएको प्रदर्शनको अगुवाइ गरेका थिए ।

टी२० विश्वकप अमेरिका र वेष्ट इन्डिजमा आयोजना हुँदैछ, जसका लागि कप्तान रोहित पौडेलसहितको टिम यसअघि नै अमेरिका पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्