Logo
Logo

आज चार संसदीय समितिको बैठक बस्दै


630
Shares

काठमाडौं । संघीय संसदअन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, विधायन व्यवस्थापन समिति एवं सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे १० बजे बस्नेछ । जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको असर एवं असर न्यूनीकरणका उपाय, सगरमाथा क्षेत्रमा देखिएका समस्या एवं आगामी कार्यदिशा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

यस्तै बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्नेछ । बैठकमा अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ ।

त्यसैगरी विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान ११ बजे नै बस्नेछ । बैठकमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन, २०८० का सिफारिस सम्बन्धमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो साढे १ बजेका लागि बोलाइएको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासनको कार्यान्वयन अवस्था र स्थलगत अध्ययन अवलोकन अनुगमनबाट देखिएका विषयमा छलफल गर्ने कार्यसूची छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र सचिवलाई समेत डाकिएको छ ।

प्रतिक्रिया दिनुहोस्