Logo
Logo

विश्वकप खेल्ने टीममा सन्दीपको नाम समावेश थियो : क्यान


1.5k
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप लामिछानेले भिसा नपाएको खण्डमा परिवर्तन गर्न मिल्नेगरी विश्वकप खेल्ने नेपाली टीममा समावेश गरिएको बताएका छन् । अध्यक्ष चन्दले शुक्रबार सामाजिक सञ्जालमार्फत सन्दीपलाई विश्वकप खेल्ने टीममै नराखिएको भन्ने कुराको खण्डन गर्दै यस्तो प्रष्टीरकण दिएका हुन् ।

उनले भनेका छन्, ‘विशेष परिस्थिति भएकोले नेपाललाई मात्र सुविधा दिएको थियो कि कुनै कारणले सन्दीपले भिसा नपाएको खण्डमा उनको सट्टामा खेलाडी परिवर्तन गर्न मिल्ने थियो । त्यसकारण १४ जनाको नाम (गोप्य) सन्दीपलाई समावेश गरिएको थियो । सम्भावित प्रतिस्थापन हुने खेलाडीको मनोबल कमजोर हुन नदिन टीम व्यवस्थापनले यो परिपक्व निर्णय गरेको थियो ।’

अमेरिकी दूतावासले दोस्रोपटक भिसा अस्वीकृत गरेसँगै सन्दीपको विश्वकप खेल्ने सम्भावना सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्