Logo
Logo

दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु


252
Shares

तुलसीपुर । दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मोटरसाइकल चालक बबई गाउँपालिका–४ निवासी ३० वर्षीय राजेश भण्डारी र मोटरसाइलकमा सवार सोही ठाउँका ३१ वर्षीय साकार केसीको मृत्यु भएको हो । उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार तुलसीपुर–२ कुमलगडीस्थित कुमलगडीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा१ह ४०९६ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको रा७प २५० नम्बर मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।

उक्त दुर्घटनामा परी अटोचालक दाङ शान्तिनगर–७ खैरेनीका ४३ वर्षीय रुद्रबहादुर थापा गम्भीर घाइते भएका छन् । उनको नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्