Logo
Logo

गोसाइँकुण्डमा लेक लागेर २४ वर्षीय तामाङको मृत्यु


441
Shares

काठमाडौं । गोसाईँकुण्ड ट्रेकिङ गएका एक युवकको लेक लागेर मृत्यु भएको छ । रसुवाको गोसाईँकुण्ड गाउँपालिका–४ लाङटाङ क्षेत्रमा पर्ने ५६ सय मिटरको उचारमा ट्रेकिङ गएका सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ का २४ वर्षीय विजय तामाङको मृत्यु भएको हो ।

सिन्धुपाल्चोकको हेलम्बु हुँदै लाङटाङको क्यान्जिङ उपत्यकको पदमार्ग अबलोकन गर्दै ५६ सय मिटरको उचाईमा पुगेपछि लेक लागेर बिरामी परेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । उनको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्