Logo
Logo

एमाले गोदावरीको नगर अध्यक्षमा सिंह निर्वाचित


1.3k
Shares

गोदावरी । नेकपा एमाले गोदावरी नगर कमिटी अध्यक्षमा सन्तोष सिंह निर्वाचित भएका छन् । दोस्रो अधिवेशन अन्तर्गत गएराति सम्पन्न निर्माचनमा प्रतिस्पर्धी हरि फुलारालाई पराजित गर्दै सिंह अध्यक्ष निर्वाचित भएका हुन् ।

सिंहले एक सय ६२ मत पाए भने फुलाराले एक सय ४० मत प्राप्त पाएका थिए । नगर उपाध्यक्षमा कीर्तबहादुर चन्द, सचिवमा विक्रम विष्ट, उपसचिवमा कृष्णा चौधरी र जयबहादुर विक निर्वाचित भएका छन् । निर्वाचनमा तीन सय पाँच मत खसेको थियो । अधिवेशनको उद्घाटन नेकपा एमालेका सचिव लेखराज भट्टले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्