Logo
Logo

तिला नदीमा तीन दिनदेखि बेपता किशोरको शव भेटियो


315
Shares

कालीकोट । तीन दिनदेखि बेपत्ता भएका १४ वर्षीय हिक्मत बमको शव फेला भेटिएको छ । मंगलबार तिला नदीमा पौडी खेल्ने क्रममा उनी बेपत्ता भएका थिए । प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार गोताखोरको टोलीले शव पत्ता लगाएर नदीबाट निकालेको छ ।

प्रम्ख जिल्ला अधिकारी नेपालीले भने, ‘सशस्त्र प्रहरी बलको सुर्खेतबाट कालीकोट आएको गोताखोर टोलीले ३ दिनदेखि नदीमा बेपत्ता तिलागुफा–७ छाप्रेका १४ वर्षीय हिक्मत बमको शव पत्ता लगाएर नदीबाट निकालेको हो ।’ उनका अन्ुसार गोताखोरको टोली बुधबार सुर्खेतबाट आएर बिहीबार बिहान घटनास्थल पुगेर खोजी कार्य सुरु गरेको थियो ।

उनका अन्ुसार प्रहरीसहित आफन्तले नदीमा शव खोजी गरेपनि नभेटिएपछि सुर्खेतबाट गोताखेर बोलाइएको थियो । गोताखोर टोलीले बिहीबार बिहान ९ बजे नदीबाट शव निकालेर आफन्तलाई बुझाएको छ ।

तिलागुफा–६ गाल्जे नजिकैको तिला नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका बालक स्थानीय सत्यदेवी मावि जुविथामा अध्ययनरत थिए । उनका बुबा नरेन्द्र बम तिलागुफा–५ छाप्रे गाउँबाट नगरपालिकाको केन्द्र गाल्जेमा आएर होटल ब्यवसाय गरीरहेको प्रहरी नायव उपरीक्षक अर्जुन केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्